KATHMANDU, Nepal — समीक्षा अवधिमा लघुवित्त क्षेत्रको औसत खुद नाफा ४.२९ प्रतिशतले बढेर ४ करोड ४० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा औसत ४ करोड २२ लाख रुपैयाँ थियो । त्यस्तै, औसत जगेडा कोष ९.४२ प्रतिशतले बढेर ९३ करोड ८४ लाख रुपैयाँ पुगेको छ । तर, खराब कर्जाको अवस्था भने थप चुनौतीपूर्ण बनेको छ ।
पहिलो त्रैमासको विवरणअनुसार ४९ लघुवित्तमध्ये २६ वटाले अघिल्लो वर्षको तुलनामा नाफा बढाएका छन् भने २३ वटाको नाफा घटेको छ ।
नाफाको रकमका आधारमा छिमेक लघुवित्त वित्तीय संस्था सबैभन्दा अगाडि देखिएको छ । संस्थाले २७ करोड ३३ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ । त्यस्तै, डिप्रोक्स लघुवित्तले २१ करोड ९९ लाख ३० हजार, जीवन विकास लघुवित्तले २० करोड १५ लाख १० हजार, नेसनल लघुवित्तले १९ करोड ५ लाख ३० हजार र साना किसान विकास लघुवित्तले १८ करोड ३६ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।
नाफा वृद्धिदरका आधारमा भने एनआइसी एसिया लघुवित्त सबैभन्दा अगाडि छ । संस्थाको खुद नाफा १ हजार १२२.५९ प्रतिशतले बढेर ११ करोड ११ लाख ४० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष घाटामा रहेका मेरो माइक्रोफाइनान्स, मातृभूमि लघुवित्त र सिर्जनशील लघुवित्त पनि यसपटक नाफामा फर्किएका छन् ।
यद्यपि, सातवटा संस्था अझै खुद नोक्सानीमा छन् । सिवाइसी नेपाल लघुवित्त ७ करोड ४४ लाख ७० हजार रुपैयाँ घाटासहित सबैभन्दा कमजोर अवस्थामा देखिएको छ । विजय लघुवित्त ६ करोड ६९ लाख ९० हजार रुपैयाँ घाटामा छ ।
त्यस्तै, नेरुडे मिर्मिरे २ करोड ८० लाख, आरम्भ चौतारी २ करोड ३५ लाख ६० हजार, जनउत्थान सामुदायिक १ करोड ७ लाख, सामुदायिक लघुवित्त ६७ लाख ४० हजार र समता घरेलु लघुवित्त २५ लाख ३० हजार रुपैयाँ खुद नोक्सानीमा छन् ।
लघुवित्त क्षेत्रको औसत चुक्ता पुँजी अघिल्लो वर्षको ८२ करोड ९२ लाख रुपैयाँबाट बढेर ८३ करोड ३१ लाख रुपैयाँ पुगेको छ । औसत जगेडा कोष भने ८५ करोड ७६ लाख रुपैयाँबाट ९३ करोड ८४ लाख रुपैयाँ पुगेको छ ।
चुक्ता पुँजी र जगेडा कोषका आधारमा साना किसान विकास लघुवित्त र छिमेक लघुवित्त सबैभन्दा बलिया संस्थाका रूपमा देखिएका छन् ।
साना किसान विकास लघुवित्तको चुक्ता पुँजी ४ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ र जगेडा कोष ६ अर्ब १७ करोड ६ लाख रुपैयाँ छ । छिमेक लघुवित्तको चुक्ता पुँजी ३ अर्ब ६१ करोड ७२ लाख र जगेडा कोष ५ अर्ब ७७ करोड ५५ लाख रुपैयाँ रहेको छ ।
जगेडा कोष वृद्धिदरमा भने अभियान लघुवित्त ११६.६३ प्रतिशत र नाडेप लघुवित्त १०४.०२ प्रतिशतको वृद्धिसहित अगाडि छन् ।
खराब कर्जा ५३.६५ प्रतिशतले बढ्यो, ४१ संस्थाको अवस्था बिग्रियो
लघुवित्त क्षेत्रको सबैभन्दा चिन्ताजनक पक्ष खराब कर्जामा देखिएको छ । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको प्रमुख वित्तीय सूचकाङ्कअनुसार उद्योगको औसत खराब कर्जा अनुपात अघिल्लो वर्षको ८.४० प्रतिशतबाट बढेर १२.९१ प्रतिशत पुगेको छ । यो ५३.६५ प्रतिशतको वृद्धि हो ।
Source report ↗ · Information only; not advice to buy or sell.